चोलेन्द्र - ओली एउटै बोली


९ कात्तिक विराटनगर - राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतै पट्टी पक्षधरता एमालेले जनाउनुपर्ने होइन’, ओलीले भनेका थिए ।
तर त्यसैदिन काठमाडौं आएपछि जबराको राजीनामा माग्ने न्यायाधीशहरुलाई नै प्रश्न गरे । एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै ओलीले भनेका छन्, ‘परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला । पाँचै जनाले परमादेश गर्नुभएको थियो भने एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमानहरु ?’
प्रतिनिधिसभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिइएका कारणले राजीनामा दिनुपर्ने भाष्य बनाउने ओलीको प्रयत्न देखिन्छ । तर २८ असारमा संसद् पुनर्स्थापनाको फैसला आएपछि एमाले कार्यकर्ताले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेका थिए । त्यसबेला केन्द्रीय सदस्य महेश बस्नेतको नेतृत्वमा निस्किएको जुलुसले प्रधानन्यायाधीशको राजीनामा मागेको थियो ।
प्रधानन्यायाधीश जबरासँग मन्त्रालय भागबण्डा गर्न नै तयार हुने सत्तारूढ गठबन्धनका नेताहरूले यसबारे छलफल नभएको बताउने गरेका छन् । ‘न्यायालय सम्बन्धमा जे उठेका सवालहरू छन्, त्यसबारे सरसल्लाह छलफल गर्ने छौं । यसमा धेरै कुरा छैन’, प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भने ।
जबराबारे निर्णय लिन सजिलो नभएकाले पनि सत्तारुढ गठनबन्धनका नेताहरू अप्ठ्यारोमा देखिन्छन् । हुन पनि गएको २२ असोजमा प्रधानमन्त्री देउवाले गैरसांसद गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेपछि नै प्रधानन्यायाधीश जबराको राजीनामाको माग चर्को गरी उठेको हो । सोमबारदेखि लगभग ‘अघोषित’ आन्दोलनमै उत्रिएका सर्वोच्चका न्यायाधीशहरुले पनि ‘कार्यकारी प्रमुखसँग सौदाबाजी गर्नु’लाई जबराको राजीनामा माग्नुको प्रमुख कारण मानेका छन् ।
जबराको माग पूरा गर्न प्रधानमन्त्री देउवा र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु तयार हुनु र यसको विरूद्ध सिंगो न्याय क्षेत्रबाट आवाज उठ्दा प्रमुख विपक्षी दल नेकपा एमालेतिर आमचासो देखिनु स्वाभाविक र प्राकृतिक हो । तर अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले भने प्रधानन्यायाधीश जबराको पद जोगाउने पक्षमा एमाले रहेको बुझ्न बल पुग्छ ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
2702





















































































































































































































