एमसीसी राष्ट्रिय सहमति गर्ने विषय हो — सभामुख


काठमाडौँ —सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताएका छन् ।सभामुख सापकोटाले बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे बोलेका हुन् । ‘एमसीसीबारे जनमानसमा गहिरो गरी सन्देश गइसकेको छ । जनतालाई क्लियर पारेर राष्ट्रिय सहमति गरेर गर्दा नै ठिक हुन्छ,’ सभामुख सापकोटाले भने ।एमसीसी सम्झौताबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कहिले पारित गर्ने हो भनेर प्रश्न गरेका थिए ।राष्ट्रिय सहमति गर्ने विषय हो । संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस्,’ सभामुख सापकोटाले भने, ‘हिजो पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ ।’सभामुख सापकोटाले एमसीसी किन प्रतिनिधिसभामा टेबुल नगरेको भन्ने प्रसंगको पनि पत्रकारहरूलाई जवाफ दिएका छन् । ‘के टेबुल गर्ने नगर्ने भन्ने सभामुखको निर्णय अन्तिम हुन्छ, तर असिमित अधिकार भए पनि त्यसको सिमित प्रयोग गर्नुपर्छ,’ उनले भने,‘राष्ट्रिय सहमति भइदिए धेरै आनन्द आउने कुरा हो ।
त्यो भएन भने प्रतिनिधित्व गर्ने दलहरूबीचमा होस्, होइन भने गठबन्धनमा होस् ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
6212
































































































































































































