अफगानिस्तानमा तालिबानको कडा कानुन दाह्री काट्न रोक
दाह्री काट्नु इस्लामिक कानुनको उल्लंघन


काठमाडौं। अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले दाह्री काट्नमा रोक लगाएको छ । दाह्री काट्नु इस्लामिक कानुनको उल्लंघन भएको भन्दै तालिबानले दाह्री काट्नमा रोक लगाउने निर्णय गरेको हो ।
तालिबानको धार्मिक प्रहरीले यो नियम पालना नगर्नेलाई सजाय दिइने बताएको छ । अफगानिस्तानको राजधानी सहर काबुलका केही हजामले पनि आफूहरुलाई यस्तै किसिमको निर्देशन प्राप्त भएको बताएका छन् ।यो निर्देशनलाइै अफगानिस्तानमा तालिबानको पुरानो शासन पुनःफर्किएको रुपमा बुझिएको छ । यसअघि तालिबानले यसपटकको तालिबानको शासन पहिलाको जस्तो नहुने र कठोर कानुन लागू नहुने बताएको थियो ।यसअघि शनिबारमात्र तालिबानले व्यवसायीको अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई मारेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको समाचार आएको थियो ।यस्तोमा तालिबानले पुनः अर्को कडा कानुन लगाउन सुरु गरेको हो ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित
