दुई नम्बर प्रदेशको एसईईका बाँकी परीक्षा स्थगित गर्न केन्द्र सरकारको निर्देशन


काठमाडौँ — केन्द्र सरकारले दुई नम्बर प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बाँकी सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । परीक्षा अगावै प्रश्नपत्र धमाधम बाहिरिएपछि केन्द्र सरकारले शनिबारदेखिका सबै परीक्षाहरु रद्द गर्न परीक्षा बोर्डलाई निर्देशन दिएको हो ।
शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ को भोलिदेखिका सबै परीक्षाहरु रद्द गर्न परीक्षा बोर्डलाई निर्देशन दिए। उनका अनुसार२२ गतेलाई तोकिएको विज्ञान विषयको परीक्षा भने यथावत् छ।
अन्य विषयका लागि बोर्डले परीक्षा तालिका सार्वजनिक गर्ने उनले बताए। १४ गते अघि सकिएका अंग्रेजी, नेपाली र गणित विषयका परीक्षा भने यथावत् रहने मन्त्रालयले जनाएको छ। छ वटा प्रदेशमा भने पूर्व तालिकाअनुसार नै एसईई परीक्षाहरु निरन्तर चल्ने मन्त्री पोखरेलले प्रस्ट पारे।
मन्त्री पोखरेलले प्रश्नपत्र सार्वजनिक गर्ने कार्यलाई आपराधिकको संज्ञा दिए। उनले यस कार्यमा संलग्नलाई छानबिन गरी कारबाही गरिने आश्वासन पनि दिए।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
3
Mfgrut
२०८० बैशाख २३, शनिबार ०१:०३:१४
cialis 5mg pills <a href="https://ordergnonline.com/">generic tadalafil</a> non prescription ed drugs
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्


