पाँच दलीय गठबन्धन स्थानीय तहदेखि अन्य निर्वाचनसम्मै टिक्ने - माधवकुमार नेपाल


भालुवाङ दाङ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन स्थानीय तहदेखि अन्य निर्वाचनसम्मै टिक्ने बताएका छन् ।
दाङको भालुवाङमा शनिबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । 'हामी पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं । स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं ।'कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उनको तर्क थियो ।
अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी लाग्ने गरेको आरोप सत्य नभएकोसमेत उनले बताए ।साथै उनले अबको केही समयमा स-साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए । 'तत्काल कुनै पनि ठूला कम्युनिस्ट पार्टीसँग एकताको सम्भावना छैन,' उनले भने, 'तर, साना केही दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ ।
यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौं ।'
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
13






















