नेपाली कामदारलाई श्रम भिसामा लैजान जापान तयार, समझदारी पत्रमा हस्ताक्षर
२०७५ चैत ११ सोमबार
जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानका राजदुत मासामिची साईगोले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो समझदारीसँगै जापानले पहिलो पटक सोझै नेपाली कामदारलाई श्रम भिसामा आफ्नो मुलुक लैजाने बाटो खुला भएको छ । समझदारी अनुसार जापानले आगामी अप्रिल १ देखि नेपालसहित ९ वटा देशका दक्ष कामदारलाई लैजाने निर्णय गरेको छ । जापानी पक्षले लिने जापानी भाषा र सीप परीक्षा उतीर्ण गरेका नेपाली कामदारलाई जापान पठाउने गरी समझदारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए ।
समझदारी पत्रमार कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै हुने उल्लेख गरिएको छ । तेस्रो पक्षको संलग्नता हुँदा ठगी हुने सम्भावना हुने भएकाले सरकारी संयन्त्रबाट कामदार जापान पठाउने समझदारी गरिएको पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल सरकारले वैदेशिक रोजगार विभाग अन्तरगत एउटा शाखा स्थापना गर्नेछ ।
त्यही शाखाले माग गरे बमोजिमको कामदार जापान पठाउने कामको सहजीकरण गर्ने छ । यस अघि दक्षिण कोरिया र इजरायलमा पनि सरकारी स्तरबाटै कामदार पठाउने समझादारी गरिएको थियो । समझदारी अनुसार जापानले दक्ष र अदक्ष दुवै कामदार लैजानेछ । ५ वर्ष भित्र ३ लाख ४२ हजार दक्ष, अदक्ष विदेशी कामदारलाई रोजगार दिने नीति लिएको छ ।
तर कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने विषयमा भने जापान सरकारले बाहिर ल्याइसकेको छैन । श्रमिक कामदारको अभाव हुँदै गएपछि जापान सरकारले विदेशी कामदार लैजाने नीतिगत निर्णय लिएको हो । ती कामदारहरुलाई जापान सरकारले मूलतः कृषि उत्पादन, सवारी साधान मर्मत सम्हार लगायतका १४ वटा क्षेत्रमा काम लगाउनेछ ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
0
दुःखी
0
खुसी
0
अचम्मित
0
आक्रोशित
प्रतिक्रिया
3Nywuzl
२०८० बैशाख २२, शुक्रबार २२:१२:४८
oral tadalafil <a href="https://ordergnonline.com/">tadalafil 5mg pills</a> otc ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्