ब्राजिल र अर्जेन्टिना बीच खेल कस्ले गर्यो स्थगित ?


२१ भदौ, काठमाडौं । नेपाली समय अनुसार सोमबार विहान ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने तय थियो । सन् २०२२ विश्वकप छनोट अन्तर्गतको यो खेल अन्तिम समयमा आएर स्थगित भयो ।ब्राजिलका स्वास्थ्य अधिकारीहरुका अनुसार गोलकिपर एमिलियानो मार्टिनेजसंगै जिओभानी लो सेल्सो, क्रिस्टियन रोमेरो र एमिलियानो बुएन्डियाले स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका थिए ।इंगल्याण्डमा लिग खेल्ने उनीहरु ब्राजिल आउँदा झुक्याएर इन्ट्री फर्म भरेको ब्राजिलका अधिकारीहरुको भनाइ छ । ब्राजिलले १४ दिनयता इंगल्याण्डमा रहेका व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
ब्राजिलको सरकारी निकायले जारी गरेको विज्ञप्ति अनुसार अर्जेन्टिनी फुटबलले ब्राजिलको नियम पालना गरेनन् र फारम भर्दा गलत सूचना उल्लेख गरे । ती खेलाडी ब्राजिल प्रवेश गरेपछि ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकाय (एन्भिसा) ले ती खेलाडीलाई तत्कालै क्वारेन्टिनमा राख्न र कुनै पनि गतिविधिमा गर्न प्रतिबन्ध लगायो ।तर ती खेलाडी पनि खेलका लागि मैदान पुगे । अर्जेन्टिनाले ब्राजिलले प्रतिबन्ध लगाएकामध्ये तीन खेलाडीलाई त सुरुवाती लाइनअपमै राखेका थिए । त्यसैले खेल सुरु हुनु चार मिनेटअघि ब्राजिलको स्वास्थ्य अधिकारीले मैदानमै प्रवेश गरेर खेल रोके ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
4




