एमसीसीमा उल्लेख बुदाहरु नेपालको संविधानको मर्म बिपरित छ : भिम रावल


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राष्ट्र हितलाई सर्वाेपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि आशंका व्यक्त गर्दै उनले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरे । रावलले एमसिसी संबिधान को मर्म, भावना बिपरित छ भने । उनले यही अवस्थामा त्यसलाई पास गर्नु नहुने तर्क राक्दै आएका छन त्यहाँ भएका | नेपालको राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता, स्वभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिका प्रावधानहरु परिवर्तन नभइ त्यो सम्झौता गरियो भने राष्ट्रघात हुनेछ । नेपाली जनताले विगतमा पनि असमान सन्धिका कारण बेहोर्नु परेको पीडा पुनरावृत हुनेछ ।
देशको स्वाधिनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उनले एमसीसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर गरे ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
4




