अमेजन संस्थापक जेफ बेजोस अन्तरिक्ष पुगेर फर्किए


विश्वका नम्बर वान धनाढ्य तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले मंगलबार सफलतापूर्वक अन्तरिक्ष यात्रा गरेका छन् ।अन्य तीन जना यात्रुसँगै बेजोसले आफ्नै कम्पनी ब्लु ओरिजिनले तयार पारेको न्यू शेफर्ड रकेट यानमार्फत् उनले करीब १० मिनेटको अन्तरिक्ष यात्रा पूरा गरी पृथ्वीमा सकुशल अवतरण गरे ।उक्त यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षीया पूर्वपाइलट तथा अमेरिकी अन्तरिक्ष कार्यक्रमकी पूर्वसदस्य वाली फंक र एक १८ वर्षीय विद्यार्थी ओलिभर डायमेनले पनि सहभागी रहे । चारै जना पृथ्वीबाट उडेको १० मिनेट १० सेकेण्डपछि प्याराशुटको माध्यमबाट पृथ्वीमा फर्किएर अवतरण गरेका थिए ।योसँगै वाली अन्तरिक्षमा जाने सबैभन्दा पाको उमेरकी महिला बनेकी छिन् भने डायमेन सबैभन्दा कम उमेरका व्यक्ति बन्ने कीर्तिमान कायम गरेका छन् ।
सफलतापूर्वक अन्तरिक्षयात्रा पूरा गरी पृथ्वीमा फर्किएसँगै बेजोस एक अन्तरिक्षयात्रीको रुपमा आफ्नो सबैभन्दा उत्तम दिन रहेको बताए ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
5






