चीनमा बाढी : १२ को मृत्यु, हजारौं विस्थापित


काठमाडौँ — भारी वर्षापछि चीनका विभिन्न प्रान्तमा भीषण बाढी आएको छ । मुसलधारे वर्षासँग आएको बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसलाई उद्धार गरी सेल्टरमा राखिएको छ । बाढीका कारण दर्जनौं सहर प्रभावित भएका छन् । बाढीले मुख्य राजमार्गसमेत डुबानमा परेपछि सवारी साधन ठप्प छन् भने हवाई उडान पनि स्थगित गरिएको छ । झन्डै १० करोड जनसंख्या रहेको हेनान प्रान्तले वर्षा सुरु भएसँगै अस्वभाविक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर र भिडियोहरुमा सडकहरू डुबेको र कारहरु बाढीमा बगेको दृश्य देख्न सकिन्छ । पछिल्लो बाढीले क्षति पुऱ्याएका कारण हेनानको बाँधमा पनि क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
209
suaSTEjhIJXpLN
२०८१ भाद्र १८, मंगलवार १३:५९:१५
NdmrKJoYRbMCax
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्







