नेपाली व्यक्तिको सीमा क्षेत्रमा हत्या
दमक — सीमावर्ती क्षेत्रको भारततर्फ नेपाली व्यक्तिको हत्या गरी पुरेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव भारतीय क्षेत्रमा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले भारतको किसनगञ्ज जिल्ला लुहागारास्थित काँसघारीमा राजवंशीको शव पुरेको अवस्थामा फेला परेको जानकारी दिए ।
राजवंशी ४ दिनदेखि बेपत्ता थिए । ४ दिनअघि उनी किसनगञ्ज जिल्लाको खरखरिया भन्ने स्थानमा ‘झारफुक’ गर्न गएको मृतकका छोरा उदयलाल राजवंशीले बताए ।
राजवंशीको शव नेपाल–भारत सीमादेखि ५ सय मिटर दक्षिण भारतीय क्षेत्रमा गाडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पौडेलले बताए । काँसघारीमा मृतक राजवंशीको चस्मा, बेल्ट र टोपी फेला परेको छ ।
उक्त सामग्रीका आधारमा आफ्नो बुबाको शव भएको मृतकका छोरा उदयलालले दाबी गरेका छन् । अलकचन स्थानीय गाउँघरमा धामीका रुपमा झारफुकको काम गर्ने गर्थे । अहिले शव उत्खननको कार्य गरिरहेको प्रहरी निरीक्षक पौडेलले बताए । भारततर्फ शव भएकाले भारतीय प्रहरी थाना कोडोबारीको नेतृत्वमा उत्खनन् कार्य भइरहेको छ ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
0
दुःखी
0
खुसी
0
अचम्मित
0
आक्रोशित
प्रतिक्रिया
4Iccrzg
२०८० बैशाख २२, शुक्रबार ०७:५८:१०
cialis coupons <a href="https://ordergnonline.com/">tadalafil 20mg canada</a> male erection pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्