प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्साससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गरेका छन्। ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ। यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ।’
प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
3


