वीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन


धरान - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्दै व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेको छ। काम विशेषले काठमाडौंमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुसँग वार्ता गर्न ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन्। प्रतिष्ठानका निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल संयोजक रहेको ३ सदस्यीय समिति गठन गरेका हुन्। वार्ता समितिमा अस्पताल निर्देशक प्रा।डा।गौरीशंकर साह र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी सदस्य छन्।
संयुक्त संघर्ष समितिले वार्ताको लागि डा.पोखरेललाई सोधेको स्पष्टीकरण उपकुलपतिले फिर्ता लिनुपर्ने, प्राध्यापक उपाधिबारे प्रष्ट पार्नुपर्ने, आर्थिक पारदर्शिताको लागि हरेक श्वेत पत्र जारी गर्नुपर्नेलगायत सर्तहरु अघि सारेको छ। ‘वार्ताको लागि यी ३ वटा सर्तहरु हाम्रो वटमलाइन हो। उपकुलपति नभएको वार्ता समितिको अर्थ पनि रहदैन,उहाँ उपस्थित नभै औपचारिक वार्ता हुदैन, ’डा.पोखरेलले भने। औपचारिक वार्ता नभए पनि आज दिउँसो ३ बजे वार्ता समितिसँग छलफल भने गरिने संघर्ष समितिको भनाई छ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
2
