संसद सही रुपमा अगाडि बढ्नेमा शंका छ : के.पि ओली
असार २९ काठमाडौँ — निर्वतमान प्रधानमन्त्री केपी शर्मा आलीले संसद्को पूर्ण कार्यकाललाई लिएर शंका व्यक्त गरेका छन् । राष्ट्रका नाममा मंगलबार सिंहदरबारबाट अन्तिम सम्बोधन गर्दै ओलीले समयमा निर्वाचन, संसद् र सरकार सही रुपमा अगाडि बढ्नेमा शंका व्यक्त गरेका हुन् ।
‘हाम्रो आजको आवश्यकता एकताबद्ध भएर जानुपर्ने थियो । यतिबेला राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनतालाई सवल बनाउन जानुपर्ने आवश्यकता थियो, त्यस्तो हुन सकेन । आजको राजनीति विपरीत दिशामा जान खोजिँदैछ,’ ओलीले भने, ‘बाँकी अवधि संसद् चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् । तर मलाई शंका छ । जे-जस्ता घटना घट्दै छन् ,विकास हुँदैछ, यसले संसद् र सरकार सही सलामत अगाडि बढ्ला शंकै छ ।
अदालतले आफ्नाबारेमा धेरै प्रश्न उठाएकोदाबी गरे । ‘यसपल्टको फैसलाले मेरो बारेमा पनि धेरै प्रश्न उठाएको छ । लोकतन्त्र मेरा लागि जीविकाको विषय हैन, जीवनको विषय हो"ओलीले भने ।