सबै समूह हरियो ५० अंक बढ्यो सेयर बजार
९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो


धबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएको छ। यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।
हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ। यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो।
सबै समूह हरियो बनेका छन्। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्। यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्योधेरै मूल्य कमाउनेमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे। ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी र कालिका पावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो।
यस दिन मेगा बैंकको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घटेको छ। मेगाको मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ कायम भएको छ। त्यस्तै युनिलिभर नेपालको मूल्य ३.८ प्रतिशतले घटेर प्रतिकित्ता १८ हजार ८ सय रुपैयाँ कायम भयो।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Fmzikr
२०८० बैशाख २२, शुक्रबार ०९:१८:३४
order cialis 40mg online <a href="https://ordergnonline.com/">cheap tadalafil for sale</a> cheap erectile dysfunction pills online
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




