सोर्सफोर्समा विभूषण पाउनेको कार्यसम्पादन मूल्यांकनमा काटिन थाल्यो दुई नम्बर


काठमाडौं, असोज १२ - विभिन्न शक्तिकेन्द्र, मन्त्री र नेताको सोर्सफोर्स लगाएर प्रहरीहरू विभूषणमा आफ्नो नाम सिफारिस गराउने गरेका छन्। यसरी थापिने विभूषणले देश र जनताको लागि काम गरेका र पाउनैपर्ने व्यक्तिको सम्मानभन्दा अपमान हुने गरेको छ।
‘अन्यत्र निकायमा के कसो छ हामीलाई जानकारी छैन, तर प्रहरी संगठनभित्र धाएर पाउने व्यक्तिको कार्यसम्पादन मूल्यांकनमा नम्बर काट्न थालिएको हो,’ प्रधान कार्यालय स्रोतले भन्यो।
प्रहरीमा यतिबेला कार्यसम्पादन मूल्यांकनको सिजन छ। साउनदेखि सुरू भएर असोज महिनामा कार्यसम्पादन मूल्यांकनको अन्तिम टुंगो लाग्छ।
प्रहरीमा कार्यसम्पादन मूल्यांकन समिति छ। समितिले मूल्यांकन गरेपछि त्यसमाथि हुने पुनरावलोकन समितिमा पठाउँछ। पुनरावलोकन समितिमा आइपुग्दा प्रहरी महानिरीक्षक वा प्रहरी अतिरिक्त महानिरीक्षकले प्रहरी कर्मचारीलाई अंक दिन्छन्।कार्यसम्पादन मूल्यांकनबारे सम्बन्धित व्यक्तिलाई थाहा हुँदैन। गोप्य सिलबन्दी गरी कासमू लोकसेवा आयोग, कर्मचारी प्रशासन शाखा र गृह मन्त्रालयमा जाने गरेको छ।
वर्षमा एक पटक देश र जनताका लागि काम गर्ने व्यक्तिलाई सरकारले सम्झिँदै कदरस्वरुप विभूषण दिने गरेको छ ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
4




