देउवाको निवास अगाडि आफ्नै कार्यकर्ताको प्रदर्शन


२८ साउन, काठमाडौं | नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्।१४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै 'सबल कांग्रेसका लागि हाम्रो अभियान'मा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्। पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएका हुन्।उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ।बिहीबार सभापति देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक छ।बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन्। देउवा निवास बाहिर कांग्रेस नेताहरूले महाधिवेशन सुनिश्चित गरौंजस्ता लेखिएका प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन्।समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन्।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
4




