एमाले कार्यदलको मंगलबारको बैठक सकियो, छलफल सकारात्मक भएको भनाइ


काठमाडौँ — नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको मंगलबारको बैठक सकिएको छ ।
'आजको बैठक सकियो पार्टी भित्रका सबै बिबाद्का बिषयमा कार्यदलका सबै सदस्यले आफ्नु धारणा राखेका थिए ।
नेता रघुजी पन्तले पनि विवादित विषयहरुमा बुँदागत छलफल भएको बताए । 'बैठक जारी छ । विषयहरूमा बुँदागत छलफल भएको छ, छलफल सकारात्मक भएको छ' पन्तले भने । उनले संयुक्त वक्तव्य दिने विषयमा भने प्रवेश गरिनसकेको बताए ।सोमबार सिंहदरबारमा नै बसेको बैठकमा पछिल्लो घटनाक्रमको सामान्य समीक्षा भए पनि नियमित एजेण्डामा प्रवेश गरेको थिएन । नमिलेका सबै विषय कार्यदलले टुंग्याए त्यसमा आफ्नो सहमति हुने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् ।जेठ पहिलो सातापछि निष्क्रियजस्तै कार्यदल सोमबार नै ब्युँतिएको छ । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।खनाल–माधव नेपालकातर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।
सिंहदरबारमा बसेको बैठक बुधबार बिहान साढे ८ पुन: बस्ने गरी टुंगिएको छ ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
3


