जनप्रतिनिधिले बाँडे छठका ब्रतालुलाई लाखौंका साडी


रौतहट- छठ पर्वका ब्रतालु महिलाका लागि रौतहटमा दुई दिनमा करोडभन्दा बढीको साडी निःशुल्क वितरण गरिएको छ। शनिबार र आइतबार जिल्लामा करोडभन्दा बढीको साडी बाँडिएको हो। विभिन्न स्थानीय निकायलले बजेट छुट्याएरै तथा जनप्रतिनिधिले व्यक्त्तिगतरूपमै छठ पर्वको व्रत गर्ने महिलालाई साडी बाँडेका हुन्।
सदरमुकाम गौर नगरपालिकाका मेयर अजय गुप्ता र उपमेयर किरण ठाकुरले छुट्छुट्टै साडी वितरण गरेका छन्। दुई दिनदेखि मेयर गुप्ता र उपमेयर ठाकुरले व्रत बस्ने महिलालाई निशुल्क साडी वितरण गरेका हुन्।
विपन्न, दलित र असहायलाई साडी वितरण गरिएको जनाइएको छ। मेयर अजय गुप्ताले प्रत्येक वडालाई २० हजारको दरले घाट सजाउन र ३५ हजारको दरले गरिब, विपन्नलाई साडी वितरण गर्न तथा उपमेयरलाई ७५ हजार अनि आफूले एक लाख गरी ६ लाख ७० हजार रुपैया छठको लागि विनियोजन गरेको बताए। गौरका समाजसेवी तथा युवा नेता शम्भु साहले पनि आफ्नै लगानीमा गरिब, विपन्नलाई साडी बाँडेका छन्। गौर नगरपालिको विभिन्न टोलमा व्यक्तिगत र संस्थागत प्रयासमा पनि साडी वितरण गरिएको छ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
4




