कहिले खुल्छ त अस्ट्रेलियाको सिमा ?


कोरोनाको संक्रमणपछि लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रीय सीमा क्रिसमसलगत्तै खुल्नसक्ने अस्ट्रेलियाका केन्द्रियपर्यटन मन्त्री डान टिहानले बताएका छन्। सरकारले प्राथमिकताको सूचिमा रहेको भ्याक्सिन पासपोर्ट जारी गरी होटेल क्वारेन्टिन बिनै अन्तर्राष्ट्रिय आवागमन र बहिर्गमनको तयारी गरिरहेको उनले बताए। १६ वर्ष माथिका ८० प्रतिशत मानिसले खोपको दुवै मात्र लगाएपछि प्रतिबन्धहरू खुकुलो पार्दै लगिने तयारी रहेको मन्त्री टिहानले त्यसका अलावा अस्ट्रेलियाको औषधि नियामक संस्था थेरापेटीक गुड्स एडमीनीस्ट्रेसनले अनुमति दिएको खोप लगाए घरमै क्वारेनटिन बस्न सकिने पनि तयारीमा भइरहेको छ।
‘आफ्ना व्यवसायिक, घरायसी र अन्य कारणले विदेश भ्रमण गर्न नपाएका नागरिकप्रति सरकारले सहानुभूती प्रकट गरेको छ। अब खोपको प्रकृया पुरा भएपछि अन्तर्राष्ट्रिय सिमा खोल्ने सरकारी योजना रहेको जानकारी गराउन चाहन्छु’, प्रेस क्लबमा बोल्दै पर्यटन मन्त्री टिहानले भने।सरकारको राष्ट्रिय योजनामासमेत यी विषय स्पष्ट भएकाले अब धेरै दिन कुर्न नपर्ने उनको कथन थियो। ‘अहिले पनि ४५ हजार अस्ट्रेलियन विभिन्न मुलुकमा छन्। ती मध्ये करिब पाँच हजार जोखिमपूर्ण अवस्थामा छन्। उनीहरूलाई पहिलो प्राथमिकतामा राखिनेछ’, उनले भने, ‘त्यसपछि दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गर्न आतुर छौं, यसै हप्ता करिब ७५ प्रतिशत मानिसले खोप लगाइसक्ने अनुमान गरिएको छ।’उनले अन्तर्राष्ट्रिय सिमा खोल्दा क्वारेन्टाइनको प्रकृयाबारे थप बताएनन्।
हाल कायमै रहेको १४ दिने होटल क्वारेन्टाइन वा होम क्वारेन्टाइन मध्ये एक हुनसक्ने र यसबारे आधिकारिक निर्णय आगामी निर्णय आउन सक्नेछ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
4




