मन्त्रीलाई माधव नेपालको निर्देशन : राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न मन्त्रीलाई निर्देशन


२४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिए। पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उनले निर्देशन दिए । कुनै पनि प्रकारका दूव्र्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए। उनले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरे।
मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर अधयक्ष नेपालले पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न निर्देशन दिएका हुन् । ‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि कामहरु तपाईंहरुबाट हुने छैन भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ’ उनले भने ।मन्त्रीहरुको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष नेपालले अघि भने, ‘काम गर्दाखेरि निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट तपाईंहरु मुक्त हुनुपर्छ । त्योबाट टाढा रहनुपर्छ ।
आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमा नै कुनैपनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईंहरु लाग्नुहुनेछ ।’
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
4




