माधव नेपाललाई अध्यक्ष बनाएर एमाले एकता जोगाऔ - पृथ्वीसुब्बा गुरुङ


काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ भनेरै थप निर्णय गरिएन, स्रोतले भन्यो । बैठकमा नेताहरुले एकता जोगाउनु अनिवार्य रहेकाले हदसम्मको लचकता अपनाउनुपर्ने तर्क गरेका थिए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त माधव नेपाललाई अर्को अध्यक्ष बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने सुझाव दिएका थिए ।उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भएको गरिएका निर्णय समेत सम्झाएका थिए । ‘प्रचण्डलाई तपाईंले अध्यक्ष बनाएको होइन, वामदेव गौतमलाई विधानमै नभएको उपाध्यक्ष बनाएको होइन ?,’ गुरुङले भने, ‘अहिले एमालेको एकता आवश्यक छ । माधव नेपाललाई अध्यक्ष बनाउँदा पार्टी ठीक ठाउँमा आउँछ भने त्यहाँसम्म पुग्नुपर्छ |गुरुङले माधव नेपाललाई अर्को अध्यक्ष बनाउन पनि तयार हुनुपर्ने प्रस्ताव गर्दा अन्य नेताहरुले भने कुनै प्रतिक्रिया जनाएनन् । तर एकता जोगाउनुपर्छ भन्नेमा नेताहरु सहमत थिए । ‘कसैले पनि पृथ्वीसुब्बा गुरुङले राखेको प्रस्तावमा कुरा राखेनन् ।
बैठकले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । एक नेताका अनुसार पार्टी एकता प्रक्रियालाई प्रभावित नबनाउने गरी बैठकले निर्णय गर्ने तयारी छ ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
3


